सिद्धार्थ बहुुउदेश्य सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न

सुर्खेत । वीरेन्द्रनगरमा रहेका सिद्धार्थ बहुुउदेश्य सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाको वीरेन्द्रनगर ६ स्थीत आफ्नै भवनमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष टोप बहादुुर टंलामी मगरले वार्षिक आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थाको वार्षिक कुल आम्दानी ३ करोड ४८ लाख ८० हजार आठ सय ९९ रहेको छ । सहकारीले वार्षिक कुल खर्च २ करोड २२ लाख २५ हजार सात सय ७० छ ।

सहकारीको खुुद नाफा १ करोड २१ लाख ८५ हजार दुुई सय तीन रहेको छ । साधारण सभामा विभिन्न १२ वटा प्रस्तावहरु पेश गरिएको छ । आर्थिक वर्ष २०७८/०७९को लेखा प्रतिवेदन सम्बन्धमा र ०७९/०८० को प्रस्तावित बजेट तथा कार्यक्रम सम्बन्धमा प्रस्ताव पेश गरिएको छ ।

कार्यविधिको मस्यौँदा अनुुमोदन र संशोधन र सहूलियत कर्जा सम्बन्धि प्रतिवेदन पेश भएको छ । संस्थाको सेवा केन्द्र कार्यालयहरु बिस्तार गर्ने देखि सञ्चालक समिति एवम लेखा सुपरीवेक्षण समितिको निर्वाचन सम्वन्धी लगाएतका प्रस्ताव पेश गरिएको छ ।