कर्णाली प्रदेश सभाकाे वैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेश सभाकाे वैठक स्थगित भएको छ ।  माघ २ गते साेमबार दिनकाे १ बजे बस्ने गरि ताेकिएकाे प्रदेश सभाकाे वैठक स्थगित भएको हाे ।

आइतबार (हिजाे) काठमाडौबाट पोखराका लागि ६८ जना यात्रु  र ४ जना चालक दलका सदस्य सहित उडेकाे यति एयरकाे विमान दुर्घटनामा परेर जनधनको क्षति भएको भन्दै शोक मनाउन कर्णाली प्रदेश सभाको वैठक स्थगित भएको हाे ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम मिति २०७९ साल माघ ३ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको जानकारीका लागि निर्देशानुसार  सूचना प्रकाशित गरिएको छ ।