प्रदेश अस्पताल सुर्खेतमा सेवा विस्तार

यो हप्ताबाट मृगौला प्रत्यारोपण हुने, एमआरआई मेसिन चैतबाट संचालनमा आउने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सरु हुने भएको छ । सोमबार अस्पतालका निर्देशक डा. डम्बर खड्काले अस्पतालका बिभिन्न गतिविधि, मौजुदा सेवा, विस्तारीत थप सेवा र अर्धबार्षिक प्रगती बिवरण प्रस्तुत गर्दै मिर्गौला प्रत्यारोपण गरिने बताए ।

प्रदेश अस्पतालले विरामीहरु चाप बढेसँगै अस्पतालले नयाँ सुबिधा थप्न थालेको छ । सुर्खेतको पुरानो सदरमुकाम गोठिकाँडामा २०१९ सालमा स्वास्थ्य केन्द्रको रुपमा स्थापना गरेको थियो । उक्त अस्पताल २०२४ सालमा सुर्खेत उपत्यकामा स्थापनान्तरण ग¥यो । यस्तै, २०२९ सालमा १५ शैय्या र २०४९ सालमा २५ शैय्याको जिल्ला अस्पवतालमा विस्तार भयो । यस्तै, २०६३ साल फागुन ७ मा ५० शैय्याको मध्यपश्चिम क्षेत्रिय अस्पतालको रुपमा स्तरोउन्न्ती गरिएको यो अस्पताल २०७५ कार्तिक १३ गते प्रदेश अस्पताल, कर्णालीको रुपमा रुपान्तरण गरी प्रदेश सरकारको मुख्य र संघिय सरकारको केहि आर्थिक सहयोगमा विशेषज्ञ सेवा सहितको २९७ शैय्या सेवा विस्तार भएर सेवा दिदै आएको छ ।

हाल यो अस्पतालबाट चिकित्सा विभागमा स्त्रीरोग विभाग सामान्य शल्यक्रिया, ई न्यूरो सर्जरी, अर्थोपेडिक्स विभाग बाल रोग, छाला रोग, इएनटी विभाग, मनोचिकित्सक विभाग, नेत्र विज्ञान, रोगविज्ञान, दन्त चिकित्सक, रेडियोलोजी, एनेस्थेसिया, आपतकालीन विभाग सेवाहरु प्रवाह भैरहेका छन् ।

चालु आर्थिक बर्षको २०७९÷०८० मा आँखाको शल्यक्रिया सेवा (फेको पद्धती), सात वटा मोडुलर ओ.टि सञ्चालन, डाइलासिस सेवा विस्तार (आइ.सि.यु र पोष्ट अपमा), अर्थोपेडिक सर्जरी हप्तामा ६ दिन, जनरल सर्जरी हप्तामा ४ दिन सेवा सेवा विस्तार गरिएको छ ।
यस्तै, मृगौला प्रत्यारोपण सेवाको सम्झौता भई माघ महिना देखि सेवा संचालन हुने र अस्पतालमा भवनको तला थपको टेण्डर प्रक्रियामा रहेको रहेको प्रदेश अस्पतालका निर्देशक खड्काले जानकरी दिए ।

प्रदेश अस्पतालमा बढे बिरामी

प्रदेश अस्पतालमा ६ महिना यता बिरामीको संख्या तिव्ररुपमा वृद्धि भएको छ । आर्थिक बर्ष २०७८ ÷०७९ मा ४९ हजार ३ सय ४० जनाले ओ. पि. डि सेवा लिएकोमा यो आर्थिक बर्षको पहिलो छ महिनामा ८४ हजार २ सय ८८ जनाले यो सेवा लिएका छन् । यस्तै, अघिल्लो आवमा १० हजार ७ सय ४६ जनाले महिनामा इण्डोर सेवा लिएका छन् भने यो बर्षको पहिलो ६ महिनामा ११ हजार ८ सय ९१ जनाले सेवा लिएका छन् । त्यस्तै, अघिल्लो बर्ष ७ हजार २ सय २६ जना इमरजेन्सी सेवा र ६ महिना यता १० हजार ७ सय ८६ जनाले से्वा लिएका छन् ।अघिल्लो बर्षको पहिलो ६ महिनामा १ हजार १ सय ७ जानले र अहिले १ हजार ९ सय ८८ जनाले सि.टि.स्क्यानको सेवा लिएका हुन् । अघिल्लो बर्षको पहिलो ६ महिनामा एक्स रे सेवामा १८ हजार ७ सय ९८ र अहिले २६ हजार ६ सय ३४ जनाले वृद्धि भएको छ । यस्तै, यु.एस.जी. सेवामा १२ हजार ७ सय ३१ र अहिले २० हजार ५ सय ६२ जनाले सेवा लिएका छन् । मेजर अपेरेशनमा सेवामा १ हजार ९ सय २ लजान र अहिले १ हजार ९ सय ४८ जनाले सेवा लिएको देखिन्छ । डेलिभरीमा पहिला २ हजार ६ सय ४८ र अहिले २ हजार ७ सय ७४ जनाले सेवा लिएका छन् ।