कर्णालीमा मन्त्रालयकाे टुङ्गो लाग्याे

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेबीच  मन्त्रालयकाे भागबन्डाकाे टुङ्गो लागेको  छ । मङलवार बसेकाे सत्तारूढ बैठकले मन्त्रालयकाे टुङ्गो लगाएकाे हाे ।

   नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको छ ।

त्यस्तै,  एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग र पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको माओवादीकाे प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

भोलि बुधबार आ-आफ्नाे पार्टीका जिम्मेवारी व्यक्तिले मन्त्री छनाेट गर्ने सहमति भएकाे कालीबहादुर मल्लले बताए । उनले भने, भाेलि मन्त्रिमण्डल विस्तार गरिने र पद तथा गाेपनियताकाे शपथ पनि भाेलि नै हुन्  जानकारी दिए ।