कार्यशैली र नितिहरुको सपना पुरा गर्न लागि पर्ने छौंः मुख्यमन्त्री राजकुमार शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कार्यशैली र नितिहरुको सपना पुरा गर्ने गरि अगाडि बढिरहेको बताएका छन् । सोमवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सहिद पार्क तथा वनस्पनि उद्यानमा उनले आफ्नो भनाइ राख्दैं सहिदहरुको सम्झनामा सहिदको फोटामा माला, टिका र मौनधारण गर्ने मात्रै नभएर सहिदहरुको बलिदानी के कारणले भयो भन्ने बिषयमा प्रदेश सरकार जटिल भएर लाग्नु पर्ने बताएका हुन् ।


उनले, सहिदहरु कुनै जाती र दल विषेस वा धर्म विशेषको नहुने धारणा राखेका थिए । ‘सहिदहरुको कार्यक्रममा मात्रै सीमित नभएर हाम्रा वार्षिक कामहरुको समिक्षा, गतिविधिहरु सहिदका सपनाका लागि पुरा ग¥यौँ शर्माले भने ।’

मुख्यमन्त्री शर्मा भन्छन् ‘सहिदका सपनाहरुको अनुभूति भइरहेको सन्दर्भमा आफूले गरेको कार्यशैली, गतिविधिले सहिदहरुको सपनाका पुरा गर्र्न कर्णाली प्रदेश सरकार यसप्रति जटिल भएको छ ।’ उनले भने अब कसैले पनि विद्रोहको झण्डा उठाउन नपरोस ।