लागु औषध सहित एकजना महिला प्रकाउ

सुर्खेत । वीरेन्द्रनगर नरगपालिका–३ गण्डकी लाइनमा लागु औषध ब्राउन सुगर सहित एकजना महिलालाई प्रहरीले प्रकाउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण व्युरो शाखाले गण्डकी लाइन स्थित हिरा बैगारको घरमा लागुऔषध कारोवार भैरहेको भन्ने सुचनामा माइती घर आएकी २८ वर्षीया मालती बैगारलाई प्रकाउ गरको हो ।

उनीबाट ४४० मिलिगा्रम लागुऔषध, ८४ हजार १ सय रुपैँया र २ वटा टर्च मोवाइल बरामत गरेको छ । बैगारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।