सुर्खेतकाे इत्राम खोलाकाे पुलमा एक युवक मृत फेला

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका -१० रत्न राजमार्गकाकाे इत्राम खोलाकाे पुलमा एक युवक मृत फेला परेका छन् ।

उक्त युवक पुलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मृतक हुम्लाको अदानचुली गाउँपालिका-३ का २४ वर्षीया मिलन बुमी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनी वीरेन्द्रनगर नगरपालिका १० दिपनगर बस्दै आएको थिए ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।