मेला हेर्न जादा अटाे दुर्घटनामा एकजनाकाे मृत्युु

कालिकोट । कालिकोटकाे तिलागुफा नगरपालिकामा मेला हेर्न जाने क्रममा अटाे दुर्घटना एकजना मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् ।

खाडाचक्र नगरपालिका मान्म बजार देखि तिलागुफा नगरपालिका गाल्जेमा सत्यदेविकाे मेला हेर्न जाँदा नगरपालिका खल्लागाड नजिकै अटाे दुर्घटना हुदा जुम्ला हिमा गाउँपालिका-४ का बिर्ख बहादुर शाहीकाे घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटमा प्रमुख प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

भे १ ह ५९२२ नम्बर अटाे खल्लागाडकाे तद्लाे माेडमा अटाे दुर्घटना भएको थियाे । उक्त अटोमा चालक सहित ४ जना सवार थिए । घाइतेकाे उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा भएर डिस्चार्ज गरिएको रिमालले जानकारी दिए ।