ब्राउनसुगर सहित चार जना पक्राउ

सुर्खेत । सुर्खेतमा ब्राउन सुगर सहितचार जना प्रकाउ परेका छन् ।

प्रकाउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ बर्ने २४ वर्षीया प्रीतम शाही, नगरपालिका-४ बस्ने १९ वर्षीया अविषेक बस्नेत, २० वर्षीया राेहन धाैलाकाेटी र २६ वर्षीया दिपेश थापा मगरलाई कर्णाली प्रदेश प्रहरी व्युरो, लागूऔषध नियन्त्रण व्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले प्रकाउ गरेको हाे ।

कोठा नजिकै जमिनमुनिमा गाडिएको अवस्थामा १५ ग्राम ९ मिलि ग्राम लागुऔषध ब्राउनसुगर सहित २१ हजार ९ सय ४० रुपैयाँ बरामद गरेकाे छ ।

उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।