दैलेखमा भीरबाट लडेर एक जनाको मृत्यु

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिका–४ बुढागाउँ बस्ने ५६ वर्षीय बल बहादुर बुढा सोही गाउँपालिका–३ बहाकोटस्थित भीरबाट लडेर बिहीबार (हिजो) दिउँसो मृत्यु भएको छ ।

उक्त स्थानमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।