रड प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या



काठमाडौंमा रड प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

शुक्रबार राति काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा ४२ वर्षीय नेपाली ब्रो भनिने कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेका हुन्।

घरायसी विवादमा राति १०स्१० बजे ‍ कुमारले ईश्वरीमाथि रड प्रहार गरेका थिए। रड प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। रड प्रहार गर्ने कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ २३ गते शनिबार