दैलेख महाबु गाउँपालिका अध्यक्ष लक्षुमन गुरुङ्गको निधन

सुर्खेत । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ। शुक्रबार दिउँसो करिब १२ बजेको समयमा अध्यक्ष गुरूङको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

दैलेख जिल्लामा रहेको मेडिकलमा उपचार गरेर घर फर्केका अध्यक्ष गुरूङलाई सन्चो नभएपछि थप उपचारको लागि जिल्ला अस्पतालमा आएका थिए ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा काम लागि जाने क्रममा एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उनलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको थियो । उनी ७५ बर्षका हुन् । स्रोतका अनुसार अध्यक्ष गुरूङलाई पहिलादेखि नै प्रेसरका बिरामी थिए।