विदेशी महिलालाई नेपाली पुरुषसँग विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिनुपर्छ– सांसद दाहाल

सुर्खेत । राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले नागरिकता सम्बन्धी विधेयकमा केही संवेदनशिल कुराहरु छुटेको बताएका छन् । उनले आज राष्ट्रिय सभाको बैठकमा उक्त कुरा बताएका हुन् । ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिने विषय विधेयकमा राख्नु पर्छ, यो छुटेको छ,’ सांसद दाहालले भने ।

विश्वका कुनै पनि देशले नागरिकतामा प्रायः खुकुलो प्रावधान नराख्ने उनले बताए । नागरिकता सम्बन्धी विधेयक छलफलको लागि आज गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभामा पेश गरेका छन् । सही विधेयकमाथि छलफलका क्रममा दाहालले विधेयकमा केही कुरा थप्न भनेका हुन् ।