सुर्खेत घटना: मृतकका आफन्तद्वारा आन्दोलन,  सवारी साधन ठप्प

सुर्खेत । सुर्खेतकाे बसपार्क नजिकै बसेकाे ठक्करबाट आइतबार महिलाको मृत्यु भएपछि आफन्तहरुले आज विहानैदेखि आन्दोलन शुरु गरेका छन् ।

जाजरकोटकाे छेडागाड नगरपालिका -६ स्थायी घर भएकी र हाल वीरेन्द्रनगर नगरपालिका-११ बामेखाेला बस्ने ६६ वर्षीय नदी रावतकाे बसकाे ठक्करबाट मृत्यु भएको थियाे ।

क्षतीपूर्ती र गाडि चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै आफन्तहरु आन्दोलनमा उत्रिएका छन् ।

सुर्खेत यरिचोक, बसपार्क अगाडी, मंगलगढी चौक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

आफन्तहरु आन्दाेलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छाेटाे तथा लामाे दुरीका सवारी साधन ठप्प छन् ।

उक्त गाडी सहचालकले गाडी चलाएकाे र उक्त घटना भएकाे हुन् सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिएका छन् ।