प्रहरी जवानद्वारा कन्चटमा गाेली हानी आत्महत्या

सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्माहत्या गरेका छन् ।

बिहिवार राति २ः५६ को समयमा डिउडि बसिरहेकाे समयमा
एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी  आत्माहत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

कालिकोटकाे प्रहरी चौकी सुकाटियामा दरबन्दी रहेकाे थियोे । तर उनी  कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका थिए ।

दार्चुलाको अपी नगरपालिका-६ घर भएका  २५ वर्षका कबिन्द्रराम कामी आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कामी  बिहान १ बजेदेखि ३ बजेसम्मको ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए ।

घटनाको थप अनुसन्धानको लागि  जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।