स्वास्थ्य भवन निर्माणमा हेलचक्राई

सुर्खेत । कर्णाली प्रदेशमा नौ वटा स्वास्थ्य भवनहरू निर्माण कार्यमा ढिलाइ भएको छ । कर्णालीका सुर्खेत, दैलेख र जाजरकोट जिल्लामा रहेका निर्माणाधीन स्वास्थ्य भवनको कार्यमा ढिलाइ भएको हो ।

एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ठेक्कामा रहेका निमार्णाधिन स्वास्थ्य भवनहरूको निर्माण कार्यमा ढिलाइ भएको पाइएको हो । सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले कर्णालीका पाँच जिल्लामा भवन निर्माणको कार्य गर्दै आएको छ । जसमा सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान हुन् ।

सङ्घीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर कमल दर्लामीले योजनाको काम भइरहेका जानकारी दिए । उनले भने, ‘ठेक्कादारले जुन गतिका काम गर्नु पथ्यो त्यो हुन् नसकेको छैन । त्यसका लागि हामीले बारम्बार भनिरहेका छौँ, पत्रहरू मार्फत उहाँहरूलाई निर्देशित गरिरहेको छ ।’

सुर्खेतको गुट उप स्वास्थ्य चौकीमा हे. पो भवन निर्माण भइरहेको योजना हालसम्मको प्रगतिमा भौतिक ७० र वित्तीय २० प्रतिशत प्रगति भएको छ । उक्त योजनाको विनियोजन बजेट एक करोड  रहेको छ । जसको २०६७ असार १६ गते सम्झौता भएर २०७० पुस २२ गते हस्तान्तरण गरी सक्नु पर्ने थियो तर हालसम्म दोस्रो तल्लासम्मको प्लास्टर सम्पन्न भएको छ । हाल निर्माण कार्य स्थगित रहेको छ । सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

यस्तै, रुलर फार्मेसी भवन निर्माण, भेरी अञ्चल आयुर्वेद औषधालय सुर्खेतको विनियोजन बजेट १ करोड ३१ लाख ७५ हजार रहेको छ । जसको मिति २०७८ असार २८ गते सम्झौता भएको थियो भने, निमार्ण कार्य सम्पन्न हुने मिति २०७९ मङ्सिर २८ गते रहेको छ । भौतिक ७० प्रतिशत र वित्तीय ४ ५ प्रतिशत काम भएको छ । जसमा दोस्रो तल्लाको ढलान, प्लास्टर सम्मपन भएको छ भने स्यानेटरीको काम अन्तिम चरणमा पुगेको छ ।

साथै, जाजरकोटमा प्रसूति कोठा निर्माण, सिमाराक्मा हे. पो योजनाको कार्यको सम्झौता २०६७ असार १ गते भएको थियो भने निर्माण कार्य २०७० चैत ३० गते सम्पन्न गरिसक्नु पर्ने थियो तर हालसम्मको प्रगतिमा भौतिक प्रगति ७० र वित्तीय प्रगति १० प्रतिशत भएको छ । उक्त योजना ३६ लाख ४७ हजार विनियोजन बजेट रहेको छ । हाससम्मको अवस्थामा प्लास्टरको कार्य सम्पन्न भएको छ भने, इलेक्ट्रिकल, स्यानेटरी तथा फिनिसिङको कार्य बाकी रहेको छ । उक्त ठेक्का तोड्ने प्रक्रियामा रहेको छ ।

 

यस्तै, ५० शय्या क्षमता रहेको जाजरकोट जिल्ला अस्पतालको नयाँ भवन निर्माण कार्य हालसम्म निर्माण कार्यको अन्तिम चरणमा रहेको छ । जसमा भौतिक ८५ र वित्तीय ८० प्रतिशत प्रगति भएको छ । उक्त योजनको १२ करोड ६ लाख ८० हजार विनियोजन बजेट रहेको छ । सो योजना २०७७ असार २६ गते सम्झौता भएर २०७९ पुस २५ गते निर्माण कार्य सम्पन्न मिति रहेको छ ।

जाजरकोटको स्वास्थ्य चौकी भवन निर्माण, मझकोट बढकुले स्वास्थ्य चौकीको ठेक्का सम्झौता भएको २०६९ वैशाख २१ गते भएको थियो । उक्त योजना २०७० कात्तिक ६ गते निर्माण कार्य सकेर हस्तान्तरण गर्नु पर्ने थियो । तर हालसम्म पनि सो योजनको कार्य भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति १० प्रतिशत मात्रै भएको छ । जसको वियोजन बजेट २ करोड २ लाख ६० हजार रहेको छ । हालसम्मको अवस्थामा भुईतलाको लिंटल लेभलसम्मको गारोको कार्य सम्पन्न भएको छ भने, हाल निर्माण कार्य स्थगन रहेको छ । ठेक्का तोड्ने प्रक्रियामा रहको छ ।

यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण, अवलचिङ्ग, सुर्खेतको ठेक्का तोडे प्रश्चात बाकी रहेको कार्यको निर्माण योजनाको सम्झौता मिति २०७८ असार ३ गते भएको थियो भने २०७९ पुस ३ गते कार्य सम्पन्न गरिसक्नु पर्ने हो । उक्त योजनाको २ करोड २ लाख ६० हजार रकम विनियोजन बजेट रहेको छ । जसको हालसम्म भौतिक प्रगतिमा ५५ प्रतिशत र वित्तीय प्रगतिमा ४२ प्रतिशत काम भएको छ । हालको अवस्थामा आई. पी. डी र ओ. पी. डी ब्लकको प्लास्टर सम्पन्न भएको छ भन, ईलेक्ट्रिकल र स्यानेटरीको काम भइरहेको छ । डाक्टर क्वाटरको दोस्रो तल्लाको ढलानको तयारीमा रहेको छ ।

सुर्खेतको १५ शय्याको आयुर्वेद अस्पताल भवन निर्माण कार्य हालसम्म भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगति १७ प्रतिशत मात्रै भएको छ । जसको २०७८ असार ३ गते सम्झौता भएको थियो भने २०७९ चैत ३ गते निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने थियो । तर हालसम्म जगको काम भइरहेको छ । उक्त योजनाको विनियोजन बजेट ६ करोड रहेको छ ।

सुर्खेतको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको काम पहिलो तला ढलान गरेको छ । सो योजना २०७८ असार २९ गते सम्झौता भएको थियो भने २०७९ पुस २८ गते निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने थियो । उक्त योजनाको विनियोजन बजेट करोड रहेको छ । जसमा २५ प्रतिशत भौतिक र १८ प्रतिशत वित्तीय प्रगति भएको छ ।

सुर्खेतको मेडिकल स्टोर योजनाको सम्झौता २०७८ असोज २४ गते भएको थियो । २०७९ चैत २४ गते निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने हो । जसमा हाससम्म भौतिक प्रगति २० र वित्तीय प्रगति १९ प्रतिशत भएको छ । जसमा डी.पी.सी ढलान सम्पन्न भएको छ । उक्त योजनाको ३५ करोड विनियोजन बजेट रहेको छ । निर्माण कम्पनीको चरम लापरबाहीका कारण निमार्णधिन पनि स्वास्थ्य भवनहरू कार्य ढिलाइ हुने गरेको स्थानीयहरूले बताउने गरेका छन् ।