सुर्खेतमा मिस नेपालको अडिसन हुँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मिस नेपालको आगामी संस्करणको अडिसन हुने भएको छ । सोमबार मिस नेपालको आगामी संस्करणको अडिसन हुने भएको हो ।


आयोजक संस्था द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको अन्तिम अडिसनमा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले रहेको जानकारी दिए । मिस नेपालको अडिसन इटहरीदेखि सुरु भएर वीरगञ्ज, पोखरा, र नेपागन्जमा सम्पन्न भइसकेका अध्यक्ष राजकर्णिकरले बताए ।

उनले भने, ‘कर्णालीमा हामीले पहिलो पटक अडिसन गरिसकेका छौ । यहाँका स्थानियहरु लाई प्रतिस्पर्धामा ल्याउने उद्देश्य रहेको छ । कार्यक्रमका लागि वीरेन्द्रनगरमा मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का आएका छन् ।