अनेमसंघ कर्णाली प्रदेशकाे अध्यक्षमा खड्का विजयी

सुर्खेत । नेकपा एमाले निकटको अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको अध्यक्षमा पूर्व प्रदेश सभा सदस्य पदमा खड्का चयन भएकी छिन् ।

शनिबार भएको अनेमसंघ कर्णालीको पहिलो अधिवेशनबाट खड्का सहित उपाध्यक्षमा कुमारी थापा र अम्विका बाेहाेरा, सचिवमा तारा शाही चयन भएकि हुन् ।

सहसचिवमा कोकिला सिंह ठकुरी निर्वाचित हुँदा कोषाध्यक्षमा चन्द्रिका महरा चयन भएका हुन् । त्यस्तै, ५१ जना सदस्यमा चयन भएका हुन ।

नवनिर्वाचित अध्यक्ष पदमा खड्काले अनेमसंघको संगठनलाई अझ विस्तार गर्ने र महिला नेतृत्व आगामी हुने चुनावमा स्थापित गर्ने अधिकतम प्रयास गर्ने बताइन् ।