देश समृद्धिको युगमा प्रवेश गरिसकेको छ: प्रधानमन्त्री प्रचण्ड

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको एकतालाई बलियो बनाउन, राष्ट्रको विकास र समृद्धिलाई नयाँ गतिमा अघि बढाउनका आफू अग्रसर रहेकाे बताएका छन् ।

दैलेखको दुल्लु नगरपालिका–१२ दह गाउँमा कुल शिरोमणि दाशुको प्रतिमा (सालिक) अनावरण कार्यक्रममा बोल्दै उनले पहिलो पटक प्रधानमन्त्री हुँदा एकीकृत विकास गर्ने सपना देखेकाे बताएका हुन् । त्यस्तै, दोस्रो पटक प्रधानमन्त्री हुँदा महत्त्वपूर्ण काम गर्न सकेँकाे दाबी गरे ।

उनले भने,` अहिले तेस्रो पटक आर्थिक सङ्कटको बेला प्रधानमन्त्री भएँ पनि आर्थिक सङ्कटलाई समाधान गर्दै सुशासनको पक्षमा नयाँ सङ्कल्प सहित अघि बढेको छु ।,

देशमा समृद्धिको युगको सुरुवात भएको बताएका छ । १० हजार मेगावाट विद्युत् विक्री गर्ने सहमति भएको छ । अन्य रणनीतिक गतिविधि अघि बढिसकेकाले देश समृद्धिको युगमा प्रवेश गरिसकेको छ प्रधानमन्त्री प्रचण्डले भने ।,

देशमा आर्थिक सङ्कट समाधान, राष्ट्रको एकता, जनताको पक्षमा रहेर राष्ट्रको समृद्धितर्फ अग्रसर रहेकाे प्रधानमन्त्री प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्ड दाहालहरूको उत्पत्ति थलोमा पहिलो पटक पुगेका हुन् । यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ । दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रूपमा विकास गर्न थालिएको छ ।