द्वन्दपिडितहरूका लागि कानुन बनाउदै छाैं: कानुन मन्त्री जिसी

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसीले द्वन्दपिडितहरूको लागि सरकारले गर्नुपर्ने कामहरूलाई सरकारले नछुट्याउने प्रतिवद्वता बताएका छन् ।

बुधबार महिला शान्ति सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघको प्रस्ताव नम्बर १३२८ र १८२० को दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सरकारको भूमिका र हाम्रो दायित्व बारे छलफल कार्यक्रम मन्त्री जिसीले कर्णाली सरकारले द्वन्दपिडितहरूका लागि कानुन बनाउने तयारीमा रहेको जानकारी दिए ।

कार्यक्रममा अधिकारकर्मी रमा भण्डारीले अहिले द्वन्द्व पिडितहरू बलिया भएर आफ्नो लागि आवाज उठाइरहेका बताइन् ।

उक्त कार्यक्रम द्वन्दपिडित महिला राष्ट्रिय सञ्जालकी कर्णाली प्रदेश अध्यक्ष शितल सिंह राठौरको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा द्वन्द्वपिडित महिला राष्ट्रिय सञ्जालकी महासचिव सुशीला चौधरीको पनि सहभागीता रहेको थियो