प्रदेश अस्पताल कालागाउमा दोस्रो पटक मृगौला प्रत्यारोपण

सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा रहेकाे प्रदेश अस्पताल कालागाउमा दोस्रो पटक मृगौला प्रत्यारोपण सफल भएको छ ।


प्रत्यारोपण शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त दोस्रो प्रत्यारोपण कार्य सम्पन्न भएको हो ।

बिहीबार साँझ प्रदेश अस्पतालमा दोस्रो पटक रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. २ निवासी ४४ वर्षिय आमाले ३७ बर्षिय छोरा लाई मृगौला दान गरेकी थिइन् ।

आगामी दिनहरुमा प्रदेश अस्पतालमा नियमित रुपमा प्रत्यारोपण सेवा संचालन गर्ने योजना रहेको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए ।

त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउनको लागि केन्द्रमा थप तालिममा पठाउने योजना रहकाे खड्काले जानकारी दिए ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशमा नियमित सेवा शुरु गर्न प्राविधिक सहयोग गरेको गर्दै आएको छ ।

सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले पश्चिम नेपालको इतिहासमै दोस्रोपटक मृगौला प्रत्यारोपण सम्पन्न भएको बताए ।

अब पश्चिम नेपालका मृगौला रोगिले काठमाडौ धाउने दिन अन्त्य भएको जानकारी दिए । अब नियमित रुपमा मृगौला प्रत्यारोपण हुन्छ उनले भने,` अस्पतालका संरचना पनि उत्तम रहेकाे छ ।

उक्त कार्यक्रम सञ्चालनको लागि सुर्खेत प्रादेशिक अस्पतालको तर्फबाट डा. डम्बर खड्का र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तर्फबाट डा. ले प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण गर्नाका लागि १० चैत्र २०७८ मा सम्झौता गरी प्रत्यारोपण सेवा सुरु गर्ने समझदारी गरेका थिए ।