तरुण दलले भुकम्प प्रभावित स्थानमा अस्थायी आवास निर्माण गर्दै

सुर्खेत । नेपाल तरुण दलले जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण कार्य सुरु गरेको छ ।

तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित ठाउँमा अस्थायी आवास निर्माण कार्य सुरु गरेको हो ।


जाजरकोटको भेरी नगरपालिका वडा नम्बर–१ र ३ मा बिहीबार १७ वटा अस्थायी आवाज निर्माण गरेको छ ।

त्रिपालको सहारमा रात गुजादै आएका भूकम्प पीडितको घाउमा मलम लगाउन उद्देश्य अस्थायी आवाज निर्माण गर्न थालेको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिए ।

जाजरकोट र रुकुम पश्चिम गरेर १ सय वटा अस्थायी आवास निर्माण गर्ने अध्यक्ष विष्टले बताए ।

देशभरका ६० जना तरुण दलकाका टोली अस्थायी आवास निर्माणमा जुटेका छौं,उनले भने काठमाडौँबाट २५ जना, कर्णालीबाट २० जनासहित डकर्मीको टोली र अन्य जिल्लाबाट पनि तरुण दलका साथिहरु सहित ६० जना अस्थायी आवाज निर्माणमा जुटेका छौं ।, हिजाे १७ घर निर्माण भयो । शुक्रबार (आज) ३० घर बनाउन्ने लक्ष्य छ ।

चिसोमा त्रिपाल मुनि बस्दै आएका बालबालिका, गर्भवती र वृद्धवृद्धाका लागि भएपनि सेवाको भावनाले तरुण दल आवास निर्माणमा जुटेको विष्टले बताए ।