अंग्रेजी नयाँ वर्षमा गाेरेटोमा अञ्जली र टिकाकाे बेजोड प्रस्तुति हुँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेकाे गाेरेटाे रेस्टुरेन्टमा सांगेतिक कार्यक्रम हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सांगेतिक कार्यक्रम हुन् लागेको हाे ।

उक्त कार्यक्रममा अरेली काँडैले मलाई च्वास्सै, मन परेकाे मान्छे, गलबन्दी र झुस्से बारुलाे जस्ता चर्चित गीतमा अभिनय गरेकी कलाकार अञ्जली अधिकारी र माया लुकी लुकी, नाइ मलाई थाहा छैन, नसकिने भाे, कर्के नजर, केहि हुँदैन भेट हुँदैैमा, पिरतीमा र बैँशकाे गाेलि लगायका चर्चित गीतमा आवाज दिएकी गायिका टीका प्रसाईको प्रस्तुति रहेने गाेरेटाे रेस्टुरेन्टका सञ्चालक हरी विष्टले जानकारी दिए ।

बुधबार सञ्चालक विष्टले टिकट शुल्क ५ सय रुपैयाँ राखिएको बताए । देशकाे आर्थिक मन्दीलाई मध्यनजर गर्दै टिकट शुल्क कम राखिएको विष्टको भनाइ छ । कार्यक्रम यहीँ पौष १५ गते साँझ ६ बजेदेखि राती १२ बजेसम्म हुनेछ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भएकाले सधैं रंगिन हुनुपर्छ उनले भने,`सादा हाम्रो गाउँघर छदैछ । पर्यटन प्रवर्द्धनका लागि रात्रीकालिन रेस्टुरेन्ट खुल्न आवश्यक पनि छ । यसले गर्दा राेजगारी तथा कलाकारले स्थान पाउने छन् ।,

नयाँ वर्ष २०२४ लाई रगिंन बनाउन उक्त कार्यक्रमको आयोजना गरिएको विष्टले बताए । कार्यक्रमा स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने गाेरेटाे रेस्टुरेन्ट सञ्चालक समिति ज्याेति कटुवालले जानकारी दिइन् ।