नियम उल्लङ्घन गर्ने र पावर लगाउनेलाई बहिस्कार गर्नुपर्छ: मन्त्री जिसी

सुर्खेत । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले तीव्र गतिका कारणले नै बढी सडक दुर्घटना हुने गरेको बताएका छन् ।


शनिवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको सहकार्यमा मर्यादित यातायात सेवाका लागि सवारी चालक तथा सह-चालक चालकहरूसँग अन्तरक्रिया कार्यक्रम मन्त्री जिसीले सवारी चलाउन नजान्ने भन्दा पनि धेरै जानेबाट सडक दुर्घटना हुने गरेको बताएका हुन् ।

धेरै जान्ने भएर तीव्र सवारी साधन चलाउँदा बढी सडक दुर्घटना हुने गरेको धारणा व्यक्त गरेका थिए । मन्त्री जिसीले यसले गर्दा कच्ची सडक भन्दा पनि पक्की सडकमा बढी दुर्घटना हुने गरेको बताए ।

‘सडक दुर्घटना रोक्नमा ट्राफिकले जति कन्ट्रोल गर्न खोज्दा पनि यो रोकिँदैन’ मन्त्री जिसीले भने, ‘यसका लागि चालक र सह-चालकले ध्यान दिनु पर्ने हुन्छ । दुर्घटनाको प्रमुख कारण चालक र सह-चालक नै हुन् । उनीहरू सचेत हुन आवश्यक छ ।’

ट्राफिक नियम उल्लङ्घन गर्ने जो कसैलाई पनि कारबाही गर्नुपर्ने मन्त्री जिसीको भनाइ छ ।

पावर लगाएर आफ्ना बचाउने र अरूलाई कारबाही गर्ने भन्ने होइन कानुन सबैलाई लाग्छ उनले भने, ‘कारबाही सबैलाई गर्नुपर्छ । नागरिकले पनि ट्राफिकलाई दोष लगाउने गरेको पाइन्छ । चेकपोस्टहरूमा विना गल्ती ट्राफिकहरूलाई कारबाही गरेको पाइन्छ । ट्राफिकलाई दोष लगाउने भन्दा पनि हामी आफै सचेत हुनुपर्ने हुन्छ ।’

मन्त्री जिसीले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने सल्लाह दिएका थिए ।
कार्यक्रम मन्त्रालयका कर्मचारी, ट्राफिक कार्यालयका कर्मचारी र सरकारी तथा निजी सवारीसाधन चालक तथा सह-चालकको सहभागी रहेको थियो ।