कर्णालीका ७ जिल्लामा एमाले जिल्ला अधिवेशन सुरु

सुर्खेत । नेकपा एमालेको आठौं अधिवेशन अन्तर्गत कर्णालीका ७ जिल्लामा आजदेखि जिल्ला अधिवेशन सुरु भएको छ । मुगु, हुम्ला र कालिकोटमा भने अधिवेशन स्थगित भएको छ । सुर्खेत, दैलेख, जुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाको अधिवेशनको तयारी पुरा भई सुरुवात भएको हो ।

एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सबै जिल्लाको नयाँ नेतृत्व भने सर्वसम्मतिबाट नै तय गरिने जानकारी दिए । त्यसका लागि जिल्लातहका नेताहरु छलफलमा जुटेका छन्। साथै, हुम्लाको अधिवेशन एक महिनाको लागि स्थगित भएको छ भने हुम्लामा आउँदो माघको २३ गते अधिवेशन हुनेछ ।

यस्तै, मुगु जिल्लामा यहीँ पुस २७ गते सम्मको लागि स्थगित भएको छ भने कालिकोटमा भोली अर्थात पुस २४ गते शनिबार हुने एमालेले कर्णाली प्रदेशले जनाएको छ । साथै यी तीन जिल्लामा अधिवेशन स्थगित भने बिहीबारबाट भएको मौसम बदलीको कारणले चिसो बढेको हुँदा अधिवेशन स्थगित गरिएको बताइएको छ ।