एमाले : कर्णालीबाट राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना सिफारिस

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।


कर्णालीका रिक्त हुने तीन सिटका लागि महिला, खुल्ला र दलित गरि ९ जनाको नाम सिफारिस गरेको हो ।

जसका लागि महिलामा तीन जना, दलितमा तीन र खुल्ला तर्फ तीन जना रहेका छन् ।

महिलामा कालिकोटकि सुवद्रा सिंह, डोल्पाकी बद्मीकुवारी बोहोरा र हुम्लाकी विमलाकुमारी शाहीकाे नाम सिफारिस भएको छ ।

खुल्लाबाट जाजरकोटका कृष्णबहादुर शाह, जुम्लाका बलबहादुर महत र मुगुका दिल्ली भट्ट सिफारिस भएका छन् ।

दलितबाट दैलेखका हिक्मत वि.क, सुर्खेतका बलबहादुर नेपाली र हुम्लाका पर्वत सुनारको नाम राष्ट्रिय सभाका लागि सिफारिस भएको छन् ।