गठबन्धन सरकारले एक कार्यकाल पूरा गरे पनि उपलब्धि हासिल गर्न सकेन : कँडेल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बर्तमान गठबन्धन सरकारकाे एक बर्ष पूरा भएपनि उपलब्धि हासिल गर्न नसकिएको बताएका छन् ।


आइतबार पत्रकार सम्मेलनमा नेता कँडेलले प्रदेश सरकारको गलत कामकारवाही र जनप्रतिनिधि व्यबस्थाप्रति नै जनताले प्रश्न उठाउने स्थिति सिर्जना भएको बताएका हुन् । कर्णालीकाे विकास र समृद्धि सुशासन र पारदर्शिताका बिषयमा सरकारलाई पटकपटक घच्चघचाउने काम गरिरहेकाे जानकारी दिए ।

जनताको तीब्र विकासको आकांक्षा, कर्णाली प्रदेशको भौगोलिक अवस्था र सरकारको विकास नीति तथा गतिबीच तालमेल नहुँदा आमजनतामा निराशा छाएको नेता कँडेलकाे भनाइ छ । गठबन्धन सरकारले सहमत गर्न तर अर्काे बाटाेमा हिड्ने गरेकाे आराेेप लगाए । उनले भने,` सहमति भएको का हामीले नबुझेकाे हाे । सहमति जे भएको छ । सरकार तथ्यांक यहि दिशामा हिड्छ भन्ने हेतुले भाैगाेलिक विकटता, जनशक्ति कम भएको ठाउँमा साधन र स्राेत वितरणमुखी नभएर केन्द्रीकृत गरेर अगाडि बढ्दा उपलब्धि हासिल गर्न सकिन्छ ।,

यस्ता परिस्थितिकाे निर्माण हुनुमा आफैमा दुखद भएको कँडेलकाे भनाइ छ । सरकारको नेतृत्व सुधार गर्नेभन्दा थप गलत कार्यहरुलाई प्रश्रय दिनमा बढी अग्रसर देखिन्छ उनले भने,` योजना निर्माणमा अपारदर्शिता ब्याप्त छ, भ्रस्टाचार, कमिसनतन्त्रको जालो चिर्नभन्दा थप मजबुत गर्नेमा सरकार उद्दत छ । आजसम्म यो एक बर्षको अबधीमा सरकारको कार्य प्रगति न्यून र निराशाजनक छ । बेरुजु उच्च रहेको छ ।,

माघ १२ गते बसेको एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकका निर्णय सार्वजनिक गर्दै गठबन्धन सरकार जनता र प्रदेशप्रति अनुत्तरदायी भएको तथा आम जनताका आकांक्षालाई बुझ्न नसक्नुका साथै सरकार असफलतातर्फ अघि बढेको ठहर गरेकाे छ ।

एमालेले जाजरकोट र रुकुम पश्चिम जिल्लामा गत कार्तिक १७ गते गएको विनाशकारी भूकम्पका कारण क्षति बेहोरेका पीडितहरुले अहिलेसम्म पनि प्रभवकारी ढंगले राहत, पुनस्थापना र क्षतिपूर्ति नपाएको जनाएको छ ।

एमालेले प्रदेश सरकारलाई दिएको अनुगमन र समन्वयको कार्य प्रभावकारी नभएकाेमा प्रदेश सरकारको देखिने गरी भुमिका निर्वाह गर्नका लागि ध्यानाकर्षण गराएको छ । यस्तै, गत असार १७ गते गरिएको सर्बदलिय सहमति र प्रदेश सभा र मुख्यमन्त्रीबाट ब्यक्त प्रतिबद्धताहरु हालसम्म कार्यान्वयन नगरिएकाले तत्काल कार्यान्वयन गर्न एमालेले माग गरेकाे छ ।

साथै, प्रदेशसभाको बैठक हालसम्म सुुरु नभएकाले तत्काल कर्णाली प्रदेशसभाको अधिबेशन तत्काल आव्हान गर्न माग गरेको छ ।