सहकुलपति राईले गरे स्कुल अफ एजुकेसन शैक्षिक तथा प्रशासनिक भवनकाे उद्घाटन

सुर्खेत । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एंव विश्वविद्यालयका सहकुलपति अशोक कुमार राईले मध्यपश्चिम विश्वविद्यालय ग्ग्राजुएट स्कुल अफ एजुकेसन शैक्षिक तथा प्रशासनिक भवनकाे उद्घाटन गरेका छन् ।


राईले साेमबार सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय ग्ग्राजुएट स्कुल अफ एजुकेसन शैक्षिक तथा प्रशासनिक भवनकाे उद्घाटन गरेका हुन् ।

साथै, आजै मध्यपश्चिम विश्वविद्यालका विद्यार्थीसँग शिक्षा मन्त्री अशोक कुमार राई विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए ।

राईले मध्यपश्चिम विश्वविद्यालयमा पहिला भन्दा अहिले संरचना निर्माणका साथै गुणस्तरीय शिक्षामा परिवर्तन भएको बताएका छन् ।