एमाले सुर्खेतकाे अध्यक्षमा कुलमणी देवकोटाकाे प्यानलै निर्वाचित

सुर्खेत । एमाले सुर्खेतकाे अध्यक्षमा कुलमणी देवकाेटा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् ।

देवकोटाले जम्मा ३५१ मत प्राप्त गर्दा बिसीले १३२ मत मात्रै प्राप्त गरेका हुन् भने पदाधिकारीमा पनि देवकोटाकै प्यानल विजयी भएकाे छ ।

उपाध्यक्षमा देवकोटा प्यानलका माेहनबहादुर बडुवाल ३४६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी बिसी प्यानलका ताराकेशर गाैतमले जम्मा १३० मत प्राप्त गरेका छन् ।

यस्तै, सचिवमा देवकाेटा प्यानलका डम्बर तिवारीले २९१ मत ल्याउदै विजयी भए भने निकटतम प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले १८९ मत प्राप्त गरेका छन् ।

साथै, उप-सचिव खुलामा टिकाराम साेमै र उपसचिव महिलामा सुशीला विश्वकर्मा निर्वाचित भएका छन् । टिकारामले ३२४ मत र सुशीलाले ३३५ मत प्राप्त गरेका छन् ।

यस्तै, टिकारामका प्रतिद्वन्द्वी बिसी प्यानलका हरिप्रसाद अधिकारीले १३४ मत र तृप्ती विश्वकर्माले १३३ मत प्राप्त गरेका छन् ।

नेकपा एमाले सुर्खेतकाे नवाैं अधिवेशनबाट नयाँ नेतृत्वका लागि आइतबार दिउँसो १२ बजेदेखि मतदान भएको थियाे । १२ बजेदेखि सुरू भएको मतदान प्रक्रिया बेलुका ६ बजे सकिएकाे थियाे ।

मतगणना भने आइतबार रातिदेखि सुरू गरिएको थियोे ।

पाँच पदाधिकारीसहित अन्य सदस्यहरूका लागि भएकाे निर्वाचनमा कुल ४९५ मतदाता मध्ये ४८६ जना मतदाताले मतदान गरेका थिए ।