देशकाे हितका लागि सबै एकजुट हुने बेला आएकाे छ: पूर्वराजा शाह

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहले जनता अब देशको हितका लागि सबै एक जुट हुने बेला आएको बताएका छन् । शनिबार जुम्लामा नागरिक अभिनन्दन कार्यक्रमको सम्बोधन गर्दै पुर्वराजा ज्ञानेन्द्र शाहले यस्तो बताएका हुन् ।

पूर्वराजा शाहले राष्ट्र र राष्ट्रियताकाे महत्त्व आम नागरिक बुझ्न आवश्यक रहेकाे बताए । आज देश कता जादै छ उनले भने,`पत्तो छैन । देश परनिर्भतामा रहेको छ । युवाहरु विदेशीनु पर्ने अवस्था छ । आर्थिक अभाव छ । तर, नेपाली नागरिकले सिप प्रयोग गर्न जानेका छैनन् ।`

साथै, जुम्लामा उत्पादन हुने कालीमार्सी धान, स्याउ, ओखर र सिमी, तिला र हिमा नदीले सञ्चित हुने खेतीयोग्य जमिन उर्भर रहेकाेमा पूर्वराजा शाशले चर्चा गरे ।

उनले जुम्लाबासीलाई उत्पादनमा वृद्धि गरेर जुम्लालाई समृद्ध बनाउन आग्रह गरे । नेपाल भाषाको उद्गम स्थल सिंजा जुम्लामा विविधताले भरिपूर्ण रहेकाे जानकारी दिए ।

पूर्वराजा शाहलाई जुम्लामा बाजागाजाका साथ स्वागत गरिएको थियाे । राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीसहित राजाका समर्थकहरूले स्वागत पूर्वराजा शाहलाई गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रले चन्दननाथ मन्दिरकोसमेत दर्शन गरेका छन् ।