ज्वाला ट्रेडर्सको गोदाममा आगलागी

सुर्खेत । वीरेन्द्रनगर-६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको छ ।

आइतबार दिउँसो करिव २ बजेको समयमा आगलागी भएको हो ।
अहिले आगो निभाउनका वीरेन्द्रनगर नगरपालिकाको दमकल परिचालित गरिएपनि आगाे नियन्त्रण हुन् सकेकाे छैन् ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाली पुलिसले नियन्त्रणमा गरिरहेका छन् ।

प्रहरीका अनुसार आगलागीको कारण भने खुल्न सकेको छैन् ।