ए.के सञ्चारकाे तेस्राे वार्षिकोत्सव सम्पन्न (फाेटाे फिचर)

सुर्खेत । ए.के सञ्चारकाे तेस्राे वार्षिकोत्सव र सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

मिडिया सञ्चालक अप्सरा विष्टकाे सभापतित्वमा आयोजित उक्त कार्यक्रममा निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीकाे प्रमुख आथित्यतामा शनिबार कर्णाली राजधानी वीरेन्द्रनगरस्थिति ए.के सञ्चारकाे कार्यालयमा सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथी, बिशेष अतिथि र अतिथिले ए.के सञ्चारकाे स्थापनादेखि हालसम्म विज्ञापन प्रकाशन गर्ने अवसर प्रदान गर्ने निजी संघ, संस्थालाई ए.के सञ्चारबाट कदर पत्र प्रदान गरे ।

सम्मानित हुनेमा बुलबुले डेण्टल, सुर्खेत डाग्नाेस्टिक ल्याब्राेटरी, ज्वाला कम्प्युटर सप्लार्सलाई कदर पत्र प्रदान गरिएकाे हाे भने
नेपाल मानव धर्म सेवा समितिका सन्त महात्मा निर्माला बाईजीलाई सम्मानित गरिएको हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिसीले मिडियाले विश्वसनीयताकाे जग बसाउन आवश्यक रहेकाे बताएका छन् । प्रवृतिकाे युगमा नयाँ मिडिया हाउसकाे स्थापना भएपनि धेरै समय टिक्न नसक्ने गरेकाे दुख व्यक्त गरे ।

मिडियाले उठान गरेका विषयवस्तुमा विश्वसनीयताकाे आवश्यक छ उनले भने,` मिडियाले विश्वसनीयताकाे ख्याल राखेर काम गर्नुपर्छ ।`

निवर्तमान मन्त्रीले ए.के सञ्चारकाे थप प्रगतिकाे कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।

साथै, पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले मिडियाकाे विकासका लागि चुनाैति सिर्जना भइरहेको बताए । मिडिया समाजकाे ऐना हाे उनले भने,` समाजलाई अगाडि बढाउन ऐनाकाे काम मिडियाले गरेका छ।

समाजमा हुने नकारात्मक कार्यकाे खबरदारीमा मिडियाले महत्त्वपूर्ण भूमिका निर्भाह गर्दै आएकाे अध्यक्ष देवकोटाले जानकारी दिए ।

यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले ए.के सञ्चारले समृद्ध र समुन्नत समाज निर्माणका लागि महत्वपूर्ण योगदान गरेकाे अध्यक्ष कँडेलकाे जनाए ।

यस्तै, कर्णाली प्रदेश सभा सदस्य तथा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले लोकतन्त्र स्थापना र सामाजिक परिवर्तनका लागि प्रेसले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले तल्लो तहका जनताको आवाज मुखरित गर्न मिडियाले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भनाइ राखे ।

कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जालले शुभकामना मन्तब्य व्यक्त गर्दै ए.के सञ्चारकाे उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै ए.के सञ्चारका अध्यक्ष अप्सरा विष्टले पत्रकारिता पेशामा चुनौतीहरु थपिदै गएको उल्लेख गर्दै राज्यले मिडियालाई हेर्ने दृष्‍टिकोण झन झन साँघुरिदै गएको बताइन् ।

बदलिदो परिवेशमा मिडियाले देश विकासमा टेवा पुर्याउदै आएको सन्दर्भलाई उल्लेख गर्दै ए.के सञ्चारले देशको समग्र क्षेत्रको विकासका लागि हातेमालो गर्दै आएको जानकारी दिइन् ।

ए.के सञ्चार मिडियाले सदैव राष्ट्रहितलाई केन्द्रमा राखेर सञ्चार क्षेत्रमा कृयाशिल रहदै आएको उल्लेख गर्दै कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न सहयोग गरेकामा प्रमुख अतिथी लगायत सबैलाई धन्यवाद व्यक्त गरिन् ।