कर्णालीमा माओवादीबाट परियार मन्त्री बन्दै

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रमुख सचेतक रणसिंह परियार मन्त्री बन्दैछन् ।

बुधबार बसेकाे माओवादी संसदीय दलको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

परियारलाई विना विभागीय मन्त्रीमा पठाउन निर्णय गरिएको सांसद कृष्ण बहादुर जिसीले जानकारी दिए । मन्त्रालयको टुङ्गो भने नलागेको जिसीले बताए ।

उनले भने,` हाम्राे तर्फबाट प्रमेख सचेतक परियारलाई पठाउने निर्णय भएको छ । मन्त्रालय र बाँकी मन्त्रीको टुङ्गो मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिइसकेपछि छनोट गरिने छ ।`

स्राेतका अनुसार एमालेबाट पनि आज एक जना मन्त्रीले सपथ लिने छन् ।

मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री कँडेलले बुधबार (आज) सानो आकारमा मन्त्रीमण्डल गठन गर्ने र बिहीबार (भाेलि) संसदबाट विश्वासको मत लिने छन् ।