नवनियुक्त एक मन्त्रीले लिए शपथ

मन्त्री विनाविभागीय

सुर्खेत । नयाँ समीकरण बनेपछि नेकपा माओवादीबाट एक जना मन्त्रीले शपथ लिएका छन् ।

माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक रहेका रणसिंह परियारलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

उनको मन्त्रालय भने तोकिएको छैन । सबै मन्त्रालयको कार्यभार मुख्यमन्त्री कँडेलले नै सम्हालेका छन् । परियार हुम्ला प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) निर्वाचित सांसद हुन् ।

मुख्यमन्त्री कँडेलले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने छन् । कर्णाली प्रदेशमा मंगलबार सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डाको टुंगो लागेको छ । माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय लिने सहमति भएको छ ।