कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

बिहीवार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

 

४० जना सांसद मध्ये मतदानमा ३५ जना सांसदकाे सहभागी रहेकाे थियाे ।

मुख्यमन्त्री कँडेलकाे पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको हाे भने एक मत तटस्थ रहेकाे छ ।

कँडेलले माओवादी र एमाले र एकीकृत समाजवादीका सांसदकाे मत प्राप्त गरेकाे हुन् ।

उनलाई नेकपा एमाले ९ र नेकपा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १ सांसदले कँडेलकाे पक्षमा मत हालेका छन् ।

उनी चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।