रोल्पाको एक खोलामा खन्ने क्रममा सकेट बम फेला



रोल्पाको एक खोलामा खन्ने क्रममा सकेट बम फेला परेको छ।

परिवर्तन गाउँपालिका–३ बागमारास्थित पाछावाङ खोलामा जाली बाँध्न जेसिबीले खन्ने क्रममा सकेट बम फेला परेको हो।

फलामको सकेट बम जस्तो देखिने दुई वटा तार निस्केको शंकास्पद वस्तु फेला परेपछि त्यो क्षेत्रमा खन्न रोकिएको छ।

जिल्ला प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार फेला परेको सकेट बम डिस्पोजका लागि लिवाङबाट नेपाली सेनाका मेजरको नेतृत्वमा टोली हिँडिसकेको भए पनि घटनास्थल पुगिसकेको छैन।

फेला परेको सकेट बम द्वन्द्वकालमा छोडेको आशंका गरिएको छ।

प्रकाशित मिति : २०८३ जेठ ५ गते मंगलबार