काठमाडौंबाट गोलीसहित दुई जना पक्राउ



काठमाडौंबाट गोलीसहित दुई जना पक्राउ परेका छन्।

टोखा नगरपालिका(९ गोंगबु शिवमन्दिरस्थित काबेली गेष्ट हाउसबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरी राजविराजका २७ वर्षीय खगेन्द्र शर्मा र नरेफाँट बस्ने २२ वर्षीय शंकर गुप्ता छन्।

उनीहरूबाट प्रहरीले ४५ राउण्ड गोली, एउटा एसएलआर बन्दुकमा प्रयोग हुने म्याग्जिन र एउटा मेटल नक बरामद गरेको छ।

उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ जेठ ९ गते शनिबार