सशस्त्र प्रहरी बलका अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक पदमा बढुवा



सशस्त्र प्रहरी बलका अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो।

जेठ ५ गते बसेको बढुवा समितिको बैठकले पोखरेललाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

उक्त सिफारिस अनुसार बढुवा गरेको हो।

प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार