म्याग्दीमा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु, तिन जना वेपत्ता

म्याग्दी । म्याग्दीमा गएराती पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ भने तिनजना वेपत्ता भएका छन् । मालिका गाउँपालिका–२ रुम गाउँको हल्लेपानीमा घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीहरुले पुरिएको घरबाट दुईजनाको सव निकालेको र वेपत्ता भएकाहरुको खोजी भइरहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिएका छन् । पहिरोले दुईवटा घर र एक गोठ पनि पुरेको र दुईजना घाईते भएको छ ।