सुर्खेत। कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउँने गरेका छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशकाअनुसार कर्णालीमा ६८ प्रतिशत आमाहरुले बच्चा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउने गरेको जानकारी दिएको हो ।
निर्देशनालयले ‘स्तनपानलाई बढाउँन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौं’ भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताह–२०२२ साउन १६ गते देखि २२ गतेसम्म सञ्चालन गरेको थियो । उक्त विषयमा जानकारी दिनका लागि निर्देशनालयले आइतबार सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गदै स्तनपान सम्बन्धि जानकरी दिएको हो ।
निर्देशनालयकाअनुसार देशभरको तुलनामा आवश्यकता अनुसार बच्चालाई स्नतपान गराउनेको संख्या कर्णालीमा सन्तोषजनक रहेको छ । एक घण्टाभित्र गराईने जुन स्तनपानले बाल मृत्युदरमा ३३ प्रतिशत कमी ल्याउँछ । यसमध्येमा पनि कर्णालीका ग्रामीण र शहरी क्षेत्रको तथ्याङ्क छुट्टाछुट्टै छ । जन्मिएको एक घण्टाभित्र शिशुलाई दुध खुवाउने आमाको संख्या ग्रामीण क्षेत्रमा ६९ प्रतिशत छ भने शहरी क्षेत्रमा ५८ प्रतिशत छ।
निर्देशनालयको तथ्याङ्कअनुसार नेपालमा भने ४२ प्रतिशत आमाहरुले मात्र आफ्नो शिशुलाई जन्मिएको एक घण्टाभित्र दुध खुवाउँछन्। यस्तै विश्वव्यापी मान्यताअनुसार जन्मिएको जन्मिएको ६ महिनासम्म आमाको दुधमात्र खुवाउनेको संख्या पनि कर्णालीमा ६८ प्रतिशत छ भने २ बर्षसम्म निरन्तर आमाको दुध खुवाउनेको संख्या ८९ प्रतिशत छ । यो संख्या नेपालका अरु प्रदेशको तुलनामा बढी हो ।
यस्तै कर्णालीमा दुधदानीबाट दुध खुवाउनेको संख्या १२ प्रतिशत मात्र छ। दुधदानीबाट आमाको वा अन्य दुध बच्चालाई खुवाउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिदैन। कर्णाली प्रदेशमा दुधदानी ९बोटल फिडिङ० पनि अरु प्रदेशको तुलनामा कम रहेको निर्देशनालयले जनाएको छ । अरु प्रदेशमा यो संख्या १२ प्रतिशत भन्दा बढी रहेको समाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखा कम्युनिटी नर्सिङ्ग अधिकृत कविता खत्रीले जानकारी दिईन् ।
ए.के. सञ्चार । २२ श्रावण २०७९, आईतवार १९:४१