काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ८२९ परीक्षणमा थप ४५५ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र २ हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ३०२ जना निको र २ जनाको मृत्यु भएको छ । आइतबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ पुगेको छ ।२४ घण्टामा १३ हजार ३२८ जनाले खोप लगाएका छन् ।
ए.के. सञ्चार । २९ श्रावण २०७९, आईतवार १६:३८