बैतडीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

बैतडी । पाटन नगरपालिकाबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर १ सकारका ३६ वर्षीय नारदप्रसाद भट्टराई र ३८ वर्षीय लक्ष्मण भट्टराई रहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुबैजनालाई बराइल रौटे भन्ने जंगलबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् । दुवैजनालाई सकार जंगलबाट बन्दुकसहित फर्किरहेको अवस्थामा नियन्त्रणमा लिइएको शाहीले बताए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । दुवैजनामाथि हातहातियार तथा खरखजना ऐनअनुुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।