काठमाडौं । प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग बिद्येयक पेश हुने भएको छ । प्रतिनिधिसभा सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग बिद्येयक २०७९ पेश हुने भएको हो ।
उक्त बिद्येयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्दप्रसाद कोइरालाले पेश गर्नेछन ।प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन पेश गर्नेछन ।
ए.के. सञ्चार । ५ भाद्र २०७९, आईतवार ०८:०५