सुर्खेतमा मुख्य बजार क्षेत्रका संरचना हटाउन अल्टिमेटम

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले मंगलगढी चौकदेखी गणेश चौकसम्मका संरचना हटाउन अल्टिमेटम दिएको छ । मुख्य बजार क्षेत्रमा सडक स्तरोन्नतीको कार्य भइरहेकाले सो क्षेत्र भित्रका रहेका संरचनाहरु तत्काल हटाउन नगरपालिकाले सूचना जारी गरेको हो ।

सडक किनाराका दुवैतर्फ रहेका विद्युतका पोल, तारहरु, नेपाल टेलिकमका पोल तथा तारहरु एवम विभिन्न सेवा प्रदायक संस्थाहरुले राखेका तार र पोलहरु हटाउन सात दिने सूचना जारी नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिए ।