दैलेख। दैलेखमा चट्याङ्ग लागेर पाँच जना घाइते भएका छन् । दुल्लु नगरपालिका–४ पानदेउका सरुपा बिकको खेत बारीमा खेत गोड्ने क्रममा चट्याङ्ग लागेर घाइते भएका हुन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार घाइते हुनेमा ४० वर्षीया तारा बिक, ४३ वर्षीया सिद्ध बिक, ४२ वर्षीया सरुपा बिक, ४६ वर्षीया ईश्वरा बिक र ४२ वर्षीया लक्ष्मी बिक रेहका छन्। घाईतेहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ भदौ २८ गते मंगलबार






