बाँके । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–३ बस्ने ३५ वर्षीय मोहमद बसर खाँ भन्ने मैनुदिन खाँ रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेले २०६८ जेठ १ गते उनलाई जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।
ए.के. सञ्चार । २९ भाद्र २०७९, बुधबार १३:२५