पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु , एक गम्भीर घाइते

काभ्रे । काभ्रेमा ढुंगा खानीबाट पहिरो खस्दा २ जनाको मृत्य भएको छ भने एक गम्भीर घाइते भएका छन् । पहिरो खसेर घर पुरिँदा बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा रहेको ढुंगा खानीबाट खसेको पहिरोले पुरिँदा ४४ वर्षीय निरबहादुर तामाङ र ४० वर्षीया साबित्री तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा दुई जनाको शव भेटिएको हो ।

घरमा सुतिरहेको अवस्थामा राती २ बजेतिर ढुंगा खानीबाट पहिरो खसेको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुमान गरेको छ । उक्त पहिरोमा परि गम्भीर घाइते भएकी ठुलिमाया तामाङको बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ।