सुर्खेत। नेपालको संविधानले केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । आज संविधान दिवस २०७९ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले संविधानले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा जोड दिएका छन् ।
‘नेपालको संविधानले समाजमा भएका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ, सार्वभौमसत्ता नेपाली जनतामा नीहित रहेको र जनता राज्य शक्तिको स्रोत भएको मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
ए.के. सञ्चार । ३ आश्विन २०७९, सोमबार १४:०३