वीरेन्द्रनगरमा मोटरसाईकलको ठक्करबाट एक घाइते

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-६ मा मोटरसाईकल दुर्घना भएको छ । दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

विहीवार वीरेन्द्रनगर-६ घण्टाघर चोक नजिक आँखा अस्पतालबाट घण्टाघर तर्फ आउदै गरेको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने ५० वर्षीया भुमिसरा पराजुलीलाई ठक्कर दिएको छ । घाईते पराजुलीको देउती नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको छ ।

मोटरसाईकल र मोटरसाईकल चालक फरार रहेका उनलाई खोजिभैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।