सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री शर्माले विश्वास मत मागेका थिए । उनलाई सत्तारूढका २५ सांसदले विश्वासको मत दिएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ४ को बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् । मुख्यमन्त्री शर्मालाई नेकपा माओवादी केन्द्रका १३ सांसद, एमालेका ९, एकृकित समाजवादी, राप्रपा र स्वतन्त्रले एक÷एक मतदान गरि शर्मालाई विश्वासका् मत दिएका हुन् ।
मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते नियुक्त गरेका थिए । उनलाई नेकपा माओवादी, नेकपा एमाले, एकृकित समाजवादी, राप्रपाले समर्थन गरेका थिए । शर्माले माघ ३ गते साझ ५ बजे विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
४० सदस्यीय प्रदेश सभामा नेपाली काँग्रेसका १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले सभामुख सहित १०, एकृकित समाजवादि, राप्रपा र स्वतन्त्रका एक÷एक सांसद छन् ।
ए.के. सञ्चार । ६ माघ २०७९, शुक्रबार १५:४०